काठमाडौँ, ७ कात्तिक   ।  देशभर थप ५५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको निधन भएको छ । ।  ७ हजार ६२५ जनामा गरिएको परीक्षणमा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै  हालसम्म मृतकको कुल संख्या ११ हजार ३४८ पुगेको छ । हाल नेपालमा कोरोना निको हुने दर ९७.३ प्रतिशत रहेको छ    ।

यस्तै   पछिल्लो २४ घण्टामा ८७७ जना संक्रमणमुक्त भएका छन्   । संक्रमितमध्ये  हाल  देशभर ७ लाख ८७ हजार ५०७ जना निको भएका छन् ।

देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 यसैबीच पछिल्लो २४ घण्टामा ७ हजार ५७६ जनाले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर