काठमाडौँ, ६ कात्तिक ।नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
यसमध्ये काठमाडौँमा सर्वाधिक १५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् ।
यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ३४५ जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप ६३ हजार ७४ जनाको कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
