धनगढी, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास हुन्छ भन्नुभएको छ ।

प्रधानमन्त्री देउवाले उक्त कुरा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।

उहाँले अनुदानमा आधारित यो परियोजना नेपालको कानून मातहत हुने भएकाले यसमा कुनै संशय लिनुनपर्ने उहाँले बताउनुभयो ।

उहाँले एमसीसीका सम्वन्धमा ज्यादै झुटो प्रचार गरिएको भन्दै एमसीसी अुनदानमा आधारित परियोजना नेपालको कानून मातहत हुने भएकाले यो संसदबाट सिधै पास हुने बताउनुभएको छ ।

‘एमसीसी पास हुन्छ, यसमा संशोधन गर्नुपर्ने केही कुरै छैन,’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर