काठमाडौं, ३१ असोज  । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९८ हजार ३ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हालसम्म नेपालमा ७ लाख ८१ हजार ४ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ६ सय ८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांकले् देखाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ ।

हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर