काठमाडौ, २० असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १०४३ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी कोरोनाबाट विसेक हुनेको संख्या ८९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् ।
