काठमाडौँ, १८ असोज । नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्र्तगत आज भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन हुनुभएको हो ।

त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव हुनुहुन्थ्यो । उहाँलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो । आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।

नवनिर्वाचित सभापित न्यौपानेले आइतबार सम्पन्न महाधिवेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।

यस्तै नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा विजयी हुनुभएको  छ। सोमवार भएको मतदानमा कुल १३७३ खसेको मतमध्ये लामाले ८७७ मत  पाउँनुभयो ।  साथै उनका प्रतिद्वन्द्वी तारा खड्काले ४८५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

पहिलो चरणको निर्वाचनमा चार जना उम्मेद्वार रहेकोमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचनबाट लामा सभापतिमा निर्वाचित  हुनुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर