काठमाडौँ, १८ असोज । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला, मनाङ र मुस्ताङ  जिल्लामा सभापतिमा निर्वाचित हुनुभएको छ । जिल्ला नेतृत्व निर्वाचित भएसँगै ती जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ, रुकुम पूर्वमा केशरमान रोक्का, हुम्लामा मोहनविक्रम सिंह, मनाङमा शङ्कर गुरुङ र मुस्ताङमा रोमीगौचन थकाली जिल्ला सभापतिमा निर्वाचित हुनुभएको काँग्रेस पार्टी केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस ताप्लेजुङ सभापतिमा गजेन्द्र विजयी

नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित हुनुभएको छ । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ निर्वाचित हुनुभएको हो ।

यस्तै उपसभापतिमा गणेश चोङ्वाङ, डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित हुनुभएको छ । सहसचिवमा तेज सुनुवार ९जङ्ग० र नन्दकुमार आङ्बुहाङ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहुनुभएका छविलाल गुरुङ प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर