काठमाडौं, ८ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ९ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या अहिलेसम्म ११०८१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजन परिक्षण गर्दा १४७६ जनामा संक्रमण पुष्टिभएको छ ।
मन्त्रालयले सोही समयावधिमा १५५० जना कोरोनाबाट विसेक भएको जनाएको छ ।
अहिले सक्रिय सङ्क्रमित संख्या २० हजार २८७ जना छन् ।
