काठमाडौ, २ असोज । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ ।

यससहित कोरानाबाट ज्यान जानेको संख्या ११०२८ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परिक्षण गर्दा १०६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त संख्या मध्ये पीसीआर परीक्षणमा ८३५ जना र एन्टिजेन परीक्षणमा २३१ जना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस धण्टामा १२३४ जना संक्रमिमत विसेक भएका छन् ।

अहिले सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर