काठमाडौँ, १८ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २३ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०,८०९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्राालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा १७५६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयावधिमा २२७४ जना कोरोनाबाट विसेक भएका छन् ।
अहिलेसम्म विसेक हुनेको संख्या ७ लाख २३ हजार ४५६ रहेको छ ।
