काठमाडौं, ९ भदौ । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ४४ जनाको ज्यान गएको छ ।

यससहित ज्यान जानेको संख्या १०६१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा २४८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १७८१ जना संक्रमणबाट विसेक भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर