काठमाडौं, ५ भदौ । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३० जनाको ज्यान गएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा २०७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको
छ ।
यसैगरी सोही समयावधिमा २३८२ जना कोरोनाबाट विसेक भएका छन् । हालसम्म विसेक हुनेको कुल संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ ।
पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका छन् ।
