काठमाडौं, २ भदौ । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ४२ जनाको ज्यान गएको छ ।

सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षणमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी सो संख्या पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २१०४ जना कोरोनाबाट विसेक भएका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर