काबुल, २ भदौ ।अफगानिस्तान कब्जा गरेपछि तालिबानले महिला समाचार एंकरहरुलाई प्रतिबन्ध लगाएको छ। एक सरकारी समाचार च्यानलकी एक महिला समाचार एंकरलाई तालिवानले बर्खास्त गरेको छ। अब तालिबान एंकरहरु टिभी मा समाचार पढ्नेछन्। खादीजा अमिना नामकी एक महिला सरकारी समाचार च्यानलमा एंकर थिइन्, उनलाई पनि हटाइएको छ।
एक दिन अघि तालिबानले महिलाहरुको हित सुरक्षित हुने बताएको थियो। अब तालिबानले भनिरहेछन् कि महिलाहरुलाई शरिया कानून अन्तर्गत मात्र काम गर्न दिइन्छ।बर्खास्त भएपछि अफगान समाचार एंकर खादीजा अमिनाले भनिन्, ‘म के गरुँ, अर्को पुस्तालाई कुनै काम छैन। २० बर्षमा जे हासिल भयो त्यो हराउनेछ। तालिबान तालिबान हो, उनीहरु परिवर्तन भएका छैनन्।
महिलाहरु विरुद्ध कुनै भेदभाव हुने छैन”
एक दिन अघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एक पत्रकार सम्मेलनमा भने कि अब अफगानिस्तान स्वतन्त्र भएको छ। अघिल्लो सरकारमा महिलाहरुमा धेरै कडा प्रतिबन्ध लगाइएको थियो। एकै समयमा, उनको शासनकालमा महिलाहरुको बिरुद्ध कुनै भेदभाव हुनेछैन। मुजाहिदका अनुसार महिलाहरुलाई इस्लामी कानूनको मान्यता अनुसार अधिकार दिइनेछ। महिलाहरुलाई स्वास्थ्य क्षेत्र र अन्य क्षेत्रमा काम गर्ने स्वतन्त्रता हुनेछ।
२० बर्ष पहिले तालिबान को शासन को समयमा अफगानिस्तानमा महिलाहरु घरको चार भित्ता भित्र सिमित थिए। त्यसबेला पनि महिलाहरुको जीवन र अधिकारहरुमा धेरै कडा प्रतिबन्ध लगाइएको थियो। अब तालिबान फेरि सत्तामा फर्किएको छ। यस्तो स्थितिमा सबैभन्दा ठूलो समस्या अफगान महिलाहरुको सुरक्षा र अधिकारको रहेको छ।
