काठमाडौ, ३२ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ३५ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३४५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितहरुको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा संक्रमणबाट २४५८ जना विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ८५ हजार १४० जना पुगेका छन् ।
अहिले सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ जना रहेका छन् ।
