काठमाडौ, ३१ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३३ जनाको ज्यान गएको छ ।
सोही समयावधिमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप २२१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौविस घण्टामा १८६७ जना संक्रमित विसेक भएका छन् ।
