काठमाडौ, २९ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २७ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०,२३९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा ३९१५ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २८,७९८ पुगेको छ ।
सोही अवधिमा २११८ जना संक्रमणबाट विसेक भएका छन् । यस सहित विसेक हुनेको कुल संख्या ६ लाख ७९ हजार ४९५ जना रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर