काठमाडौं, २९ साउन । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो आदेश दिएको हो ।

अन्तरिम आदेशमा खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप लगाउनु रहेको छ ।

उक्त आदेश अधिवक्ता प्रवेश केसीले रिट दायर मुद्दाको आधारमा गरेको हो ।

आदेशको पूर्ण पाठः

प्रतिक्रिया

सम्बन्धित खवर