काठमाडौं, २८ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाले ३२ जनाको ज्यान लिएको छ ।
यससहित कोरोनाबाट ज्यान जानेको संख्या १०२१२ पुगेको छ ।
सोही समयावधिमा गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३२६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससहित कोरोना संक्रमित संख्या ७ लाख २५ हजार ७६९ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा संक्रमणबाट २२९४ जना विसेक भएको मन्त्रालयले जनाएको छ । यससहित विसेक हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर