काठमाडौ, २६ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट ३५ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या १०१५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २११५ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घन्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ४९०४ जनामा संक्रमण पुष्टिभएको छ ।
अहिले सक्रिय संक्रमित संख्या ३७ हजार ३३२ रहेका छन् ।
