काठमाडौं, २३ साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणले १९ जनाको ज्यान लिएको छ ।
यससहित ज्यान जानेको संख्या १००३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप ३२१८ जनामा संक्रमण पुष्टि भएको छ ।
यससहित कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ ।

यसैगरी सोही समयावधिमा संक्रमणबाट १७२२ जना विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर