काठमाडौँ, २२ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणले २५ जनाको ज्यान लिएको छ ।

यससहित ज्यान जानेको संख्या १००१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टीजेन पपरिक्षण गर्दा थप ३७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सोही समयावधिमा संक्रमणबाट १८८५ जना विसेक भएका छन् ।
अहिले ६ लाख ६५ हजार ५४८ जना विसेक भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना रहेका छन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर