काठमाडौं, १५ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट २७ जनाको ज्यान गएको छ ।
यससहित ज्यान जानेको संख्या ९८३४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १८१६ जना विसेक भएका छन् ।
यससहित अहिलेसम्म ६ लाख ५२ हजार २६१ जना विसेक भईसकेको जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर