काठमाडौ, १३ साउन । अहिले कोभिड १९ बाट सुरक्षित रहनका लागि सुई मार्फत खोप लगाउनु पर्दछ । तर भविष्यमा त्यस्तो खोप सास तानेर इन्हेलरमार्फत वा औषधिको चक्कीबाट समेत प्राप्त गर्न सकिने हुन सक्छ ।

दक्षिण स्विडेनको सबैभन्दा ठूलो विज्ञान पार्कको मेडिकन भिलेज स्थित एउटा प्रयोगशालामा रसायन विज्ञ इन्गेमो एन्डरसन पातलो प्लास्टिकको इन्हेलर बोकिरहेको हुनुहुन्छ ।

त्यो इन्हेलरको आकार एउटा सलाईको बट्टा भन्दा पनि आधा छ ।

उहाँको टोलीले सो सानो आकारको उत्पादनले मानिसहरूलाई घरमै खोपको पाउडर स्वरूप प्रयोग गर्न मिल्ने बाटो खोल्दैछ जसले कोरोनाभाइरस विरुद्धको लडाइँमा ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यो सजिलो छ र उत्पादन गर्न पनि एकदम सस्तो छ, दमका बिरामीहरूलाई इन्हेलर बनाउने एउटा फर्मका प्रमुख कार्यकारी अधिकृत योहान वाबोर्ग भन्नुह्न्छ ।

आइकोनोभो नामक कम्पनीले रोग प्रतिरोधी क्षमताबारे अनुसन्धान गर्ने स्टकहोमको आइएसआर नाम गरेको कम्पनीसँग सहकार्य गरिरहेको छ ।

आइएसआरले कोभिड१९ विरुद्ध सुख्खा पाउडर स्वरूपको खोप विकास गरेको छ ।

यसले प्रयोगशालामा निर्माण गरिने कोभिड१९ भाइरस प्रोटिनको प्रयोग गर्छ र त्यस्ता प्रोटिनले ४० डिग्री सेल्सियस तापक्रमसम्म थेग्नसक्ने बताइन्छ ।

फाइजर, मोडेर्ना र अष्ट्राजेनेकाले यी प्रोटिनका लागि आरएनए वा डीएनए कोड प्रयोग गर्छन् ।

इन्गेमो एन्डरसन आइकोनोभोको इन्हेलरका साथ

सुख्खा पाउडर भण्डारण गर्नका लागि आवश्यक सर्तहरू विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हालसम्म अनुमति दिएका तरल खोपहरू भन्दा फरक छन् ।
त्यस्ता तरल खोपलाई फ्रिजमा सार्नुअघि दह्रो ग्लासका सिसिहरूमा माइनस ७० डिग्री सेल्सियसमा राख्नुपर्छ नत्र तिनीहरूको प्रभावकारिता गुम्छ ।
सबैभन्दा महत्त्वपूर्ण उपलब्धि (पाउडर) खोप चिस्यान कायम नगरी सहजै वितरण गर्न सकिन्छ र यो स्वास्थ्य सेवा प्रदायक बिना नै दिन सकिन्छ, आइएसआरका संस्थापक तथा स्विडेनको अग्रणी स्वास्थ्य विद्यालय कारोलिन्सका इन्स्टिच्युटमा इम्युनोलोजीका प्राध्यापक ओला विन्क्विस्ट भन्नुहुन्छ ।

उक्त कम्पनीले अहिले उसको खोप कोरोनाभाइरसको बेटा (दक्षिण अफ्रिका) र अल्फा (यूके) भेरिअन्ट विरुद्ध परीक्षण भइरहेको बताएको छ ।

आइएसआरको सुख्खा खोपको पूर्ण सम्भाव्यताबारेको परीक्षण निष्कर्षमा पुग्न केही समय लाग्ने देखिन्छ ।

उक्त खोपले अहिले डब्ल्यूएचओले सूचीकृत गरेका खोपकै स्तरमा सुरक्षा दिन्छ कि दिँदैन भन्ने पनि परीक्षणहरूले बताउने भनिएको छ ।

अहिलेसम्म यो परीक्षण मुसामा मात्रै गरिएको छ । आइएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानवमा पनि परीक्षण गर्नका लागि आवश्यक आर्थिक स्रोत जुटाएका छन् ।

स्वास्थ्य समुदायमा यो जस्तै पाउडर खोप सफल हुन सके त्यसले कोरोनाभाइरसको विश्वव्यापी महामारी विरुद्धको प्रतिक्रियामा आमूल परिवर्तन ल्याउने र अरू रोगका खोपको भण्डारण र वितरण पनि सहज बनाउने भन्दै उत्साह व्यक्त गरिएका छन् ।
पुग्न अप्ठेरा ठाउँहरूमा यसले अवसर सृजना गरेको छ र सम्भवतः मानिसहरूले चिसो बाकसलाई साइकल वा उँटमा बोकेर लैजानुपर्ने अवस्था हुँदैन, सन् २०१६ देखि २०२० सम्म युनिसेफका विश्वव्यापी स्वास्थ्य प्रमुख रहेका स्वार्टलिङ पिटरसन भन्नुहुन्छ ।

विश्वभरका कम्पनीहरूले सुख्खा खोपको अनुसन्धान गरिरहँदा पिटरसनले आइकोनोभोको कार्यालय भन्दा १० मिनेट पर स्थापित अर्को नयाँ कम्पनीले विकास गर्दै गरेको सम्भावनायुक्त प्रविधि बारे चर्चा गनर््भयो ।

 

युनिसेफका पूर्व विश्वव्यापी स्वास्थ्य प्रमुख पाउडर खोपले खोपको वितरणलाई धेरै सहज बनाउने ठान्छन् ।

उक्त नयाँ जिक्कमले अहिलेका वा भविष्यका तरल खोपहरूलाई तिनको प्रभावकारिता कमजोर नहुने गरी हावाको माध्यमबाट सुख्खा बनाउने विधिको परीक्षण गरिरहेको छ ।

यसबाट विकासशील देशहरूमा खोपको अन्तिम चरणको उत्पादन स्वदेशी स्तरमा नै गर्न मिल्नेछ ।

र यसरी निर्मित खोपको पाउडरलाई कीटाणु मुक्त शुद्ध पानी अर्थात्स्टे राइल वाटरमा खोप लगाउनु ठिक अघि मिसाएर सुईको माध्यमबाट दिन सकिनेछ ।

तर यो प्रविधिले नाकबाट स्प्रे गर्ने देखी चक्कीका रूपमा अरू विभिन्न प्रकारको खोप दिने विकल्पहरूका लागि बाटो खोल्ने जिक्कमका प्रमुख कार्यकारी अधिकृत गोरान कोनराडसनले बताउनुभयो ।

सैद्धान्तिक रूपमा त्यो सम्भव रहेको भन्दै उहाँले त्यसका लागि अझै अनुसन्धान गर्नुपर्ने बताउनुभयो ।

कोरोनाभाइरस विरुद्ध एक मात्रा लगाउँदा पुग्ने खोप बनाएको जेनसेनले जिक्कमको हावाको माध्यमबाट सुख्खा बनाउने क्षमतालाई विश्लेषण गर्ने एउटा प्रारम्भिक अध्ययनमा काम अघि बढाइसकेको छ ।

उक्त अग्रणी औषधि उत्पादकले यो कोरोनाभाइरस वा अरू सङ्क्रामक रोगसँग सम्बन्धित भए वा नभएको बताएको छैन ।

गोरान कोनराडसनले

तर एक जना प्रवक्ताले भविष्यका खोपको वितरण, प्रयोग र मापदण्ड पालनामा नयाँ विधिको प्रयोगको सम्भाव्यता अन्वेषण गर्नु उक्त अध्ययन गरिएको जनाएको छ ।

पाउडर प्रविधिले सुईदेखी डराउनेहरूलाई पनि सहयोग गर्नेछ भने तरल खोपको भण्डारणका लागि आवश्यक विद्युतको उपयोग कटौती गरेर हरित विकल्प प्रदान गर्नेछ ।

र यसले विश्वव्यापी खोप पहुँचलाई पनि सघाउने ठानिएको छ ।

खोपको विकासलाई गति प्रदान गर्न सघाउँदै आएको एउटा गैरनाफामुलक संस्था कोएलिशन फर एपिडेमिक प्रिपेअर्डनेस इनोभेसन (सेपी) की प्रवक्ता इन्ग्रिड क्रोमेननले विश्वव्यापी महामारीसँग जुझ्न सबै जनसङ्ख्यासम्म खोपको पहुँच पुर्‍याइनुपर्ने बताउनुभयो ।

उहाँले पाउडर खोपहरू अझै पनि प्रारम्भिक चरणमा नै रहेको उल्लेख गर्दै अझै धेरै काम गर्नुपर्नेु बतानुभयो । त्यसलाई व्यवहारिक कार्यान्वयनमा ल्याउन र उत्पादन बढाउन अझै चुनौती रहेको उहाँको भनाइ छ ।

तर यदि यो सफल भयो भने यसले खोपको पहुँच सुदृढ बनाउन, खोप खेर जान नसक्ने अवस्था निम्त्याउन र खोप कार्यक्रमलाई कम खर्चिलो बनाउन मद्दत गर्नेछ ।बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर