काठमाडौं, १० साउन । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट १८ जनाको ज्यान गएको छ ।
योसँगै संक्रमणबाट ९७१३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन परिक्षण गर्दा २२३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ८० हजार ५५६ पुगेको छ ।
सोही समयावधिमा २०५० जना कोरोना संक्रमित विसेक भएका छन् ।
योसँगै विसेक हुनेको संख्या ६ लाख ४३ हजार ६१५ पुगेको छ।
