काठमाडौं, ७ साउन । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट २४ जनाको ज्यान गएको छ ।
यससहित संक्रमणबाट अहिलेसम्म ज्यान जानेको संखया ९६६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा आरटी पिसिआर र एन्टिजेन परिक्षण गर्दा २७१४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौविस घण्टामै थप १२८८ जना संक्रमणबाट विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर