- काठमाडौं, ५ साउन । पछिल्लाे २४ घण्टाको अवधिमा देशभर कोरोना संक्रमणका कारण २५ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै देशभर ३१०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार १३५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त भएक ९ हजार ६०७ जनाको मृत्यु भएको छ ।
