काठमाडौँ, १ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ ।
पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाउनुभयो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट गर्नुभयो ।
उहाँले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने छ । जनादेशबाट प्राप्त हाम्रो सरकारलाई परमादेशबाट हटाइएको छ। हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौँ तर कार्यान्वयनमा जान अघि बढ्ने जनाउनुभयो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहनुभएको छ ।
स्थायी कमिटी बैठक जारी रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पार्टी एकता कार्यदलका सदस्यहरु बैठक रोक्न माग गर्न बैठक स्थल आइपुगेका छन्। अध्यक्ष केपी शर्मा ओलीले बैठक रोक्न अस्वीकार गरे पछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्।
