काठमाडौं, ३१ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन् ।
योसहित संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ९४६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टिजेन परिक्षण गर्दा २६७६
जनामा कोरोना पुष्टि भएको छ।
सोही समयावधिमा १७५७ जना कोरोनाबाट विसेक भएका छन्। यो सहित कोरोनाबाट विसेक हुनेको संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ।
