काठमाडौ, ३१ असार । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबारको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
बैठकले सम्बन्धित जिल्लाका प्रजिअको सिफारिसमा अत्यावश्यक सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने पनि निर्णय गरेको छ ।
