काठमाडौ, ३१ असार । काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको आज दिउसो बैठक बस्दै छ।
वैठक निषेधाज्ञा लगायतका बारेमा निर्णय लिने उध्देश्यले बस्न लागेको बताइएको छ।
काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ।
बैठकमा उपत्यका बाहिर जाने–आउने लामो तथा छोटो दूरीका सार्वजनिक यातायात पनि खोल्ने विषयमा छलफल हुने बुझिएको छ।
