जापान, २९ असार । जापान सरकारले नेपाललाई करिब १६ लाख मात्रा जापानमा बनेको आस्ट्राजेनेका खोप सहयोग स्वरूप उपलब्ध गराउने भएको छ ।
विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् उक्त सहयोग उपलब्ध गराउने भएको हो ।

सो उपलब्त्र गराउने कुरा जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले मङ्गलवार घोषणा गर्नुभएको हो ।

खोप नेपालमा मध्य जुलाईदेखि अगस्टको अन्त्यसम्ममा आइपुग्ने बताइएको छ ।

नेपालका लागि जापानी राजदूत किकुटा याटकाले खोप अनुदान नेपाल र जापानबीचको लामो मैत्रीसम्बन्धको प्रतिवम्बित भएको जनाएका छन् ।

जापानमा बनेका आस्ट्राजेनेका खोप पहिलो मात्रा लगाइसकेका वृद्धका लागि प्रभावकारी सहयोग हुन सक्छ, दूतावासव्दारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर