काठमाडौँ, २७ असार । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेको संख्या संख्या ९३८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी चौवि घण्टामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १८३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससहित अहिलेसम्म संक्रमित संख्या ६ लाख ५५ हजार ४४९ जना पुगेका छन् ।
यसैगरी चौविस घण्टामा १५३३ जना कोरोनाबाट विसेक भएका छन् । योसँगै विसेक हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर