काठमाडौँ, २७ असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पार्नुभएको छ । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार गम्भीरताका साथ लागिरहेकाले नियमितरुपमा खोप आइरहने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ ।” उहाँले यस वर्षको अन्तिम (सन् २०२१) भित्र सबै जनतालाई खोप लगाइसक्ने योजना सार्वजनिक गर्नुभयो ।

कोभिडको तेस्रो÷चौथो लहर चल्छ भन्ने कुरा आएको तर्फ सचेत गराउँदै प्रधानमन्त्रीले नागरिकलाई लापरवाही नगरी सजगता अपनाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालमा साढे दुई हजार वर्षअघि शल्यक्रिया विज्ञानको विकास गरिएको, त्यसको महत्वपूर्ण पक्ष चिकित्साशास्त्रको ‘श्रुतिसंहिता’ र औषधि विज्ञानको ‘चरकसंहिता’ भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको बताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति बढिरहेको, विशिष्टीकृत अस्पताल बनेको, उपकरण उपलब्धताका हिसाबले समेत चिकित्सा क्षेत्र धेरै माथि बढिसकेको जनाउँदै उहाँले तीन वर्षमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो ।  “ज्ञान, शास्त्र, अक्षर, गणित र अङ्क नेपालमै उत्पन्न भएको हो,यसलाई फेरि पनि ज्ञानको उत्पादन र वितरणको केन्द्र बनाउनुपर्छ ।”

समारोहमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा देवनारायण शाहले नवनिर्मित सर्जिकल भवन ५०९ श्ययाको रहने जानकारी गराउनुभयो । स

प्रतिक्रिया

सम्बन्धित खवर