काठमाडौँ, २६ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट
थप २२ जनाले ज्यान गुमाएका छन् ।
यससहित ज्यान गुमाउनेहरुको संख्या ९३६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी चौविस घण्टामा १४३२ जना संक्रमित विसेक भएका छन् भने विसेक हुनेको कूल संख्या ६ लाख १८ हजार ३ सय ६१ पुगेको छ ।
सोही समयावधिमा पीसीआर र एन्टीजेन परीक्षण गर्दा थप २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससहित संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ४ सय ८९ रहेको मन्त्रालयले जनाएको छ ।
