काठमाडौं, २४ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् ।
योसहित ज्यान गुमाउनेको संख्या ९३२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी सोही समयमा पिसिआर र एन्टिजेन परिक्षण गर्दा १८७५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै चौविस घण्टामा १२८६ जना संक्रमित विसेक भएका छन् । यससहित विसेक हुनेको संख्या ६ लाख १५ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ ।
