काठमाडौ, २३ असार । नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपालमा कोभिडविरुद्धको खोप आउन नसक्नुमा सरकारको अपरिपक्व कूटनीतिक कमजोरी भएको आरोप लगाउनुभएको छ ।
उहाँले सो आरोप राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समय माग गर्दै लगाउनभएको हो ।
उहाँले अपरिपक्व कूटनीतिका कारण सरकारका सबै कूटनीतिक प्रयासहरू असफल भएको पनि टिप्पणी गर्नुभयो ।

दक्षिण एसियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा विभिन्न देशहरुलाई अमेरिकी सरकारको संयोजकतामा खोप उपलब्ध गराउने काम भएको उदाहरण प्रस्तुत गर्दै उहाँले तर हाम्रो ‘सरकार किन फेल भयो’ भनी प्रश्न गर्नुभयो ।

उहाँले फेल कसरी भयो, किन फेल भयो ? ती देश र ती कम्पनीहरूसँगको नेपालको सम्बन्ध किन चिसो भयो ? त्यसमा नेपालको सरकारसँग किन डिल गर्न चाहेनन् । दक्षिण एसियाका चारवटा देशले ल्याउन सफल हुनु नेपालले भने ल्याउन सक्नु । यो कुरा महसुस गर्ने कि नगर्ने ? भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर