काठमाडौं, २० असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २७ जनाले ज्यान गुमाएका छन् ।
यससँख्या सहित अहिलेसम्म ज्यान गुमाउनेको सँख्या ९२२५ जना पुगेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो सँख्या ४८७६ जना पिअिसार परीक्षण गर्दा १०४२ र ३२५६ जनाको एन्टीजेन परीक्षण गर्दा ५६१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी चौविस घण्टामा २५५२ जना संक्रमित विसेक भएको मन्त्रालयले जनाएको छ । यससहित विसेक हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको मन्त्रालयले जनाएको छ ।
