काठमाडौँ, २० असार। कोपा अमेरिका फुटबलको आइतबार बिहान भएको क्वाटरफाइनलको खेलमा अर्जेन्टिनाले इक्वेडरमाथि ३–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
ब्राजिल आयोजक भएको सो प्रतियोगितामा लियोनल मेस्सीको अगुवाइमा रहेको अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौतारो मार्तिनेज र लियोनल मेस्सीले गोल गरेका हुन्।
यस अघि आजै बिहान भएको अर्को क्वाटरफाइनल्खेलमा उपाधीको दावेदार मानिएको उरुग्वेलाई ट्राइब्रेकरमा हराएर कोलम्बिया सेमिफाइनलामा प्रबेश गरेको छ ।
निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा ४–२ ले जित निकाल्दै कोलम्बियाले उरुग्वेको सपना चकनाचुर पारेको छ । अब कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिनासंग प्रतिस्पर्धा गर्ने छ ।
यसअघि शनिबार बिहान भएको खेलमा जित निकाल्दै ब्राजिलल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका थिए ।
