काठमाडौँ, १८ असार । कोरोनाभाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २९९ जनामा   संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षण र यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणबाट २ हजार २९९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७५५ जनामा संक्रमण संक्रमण पुष्टि भइसकेको छ ।यही अवधिमा थप ३४५१ संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख ३६०० जना निको भइसकेका छन् ।

कोभिड–१९ को संक्रमणबाट थप ३४ जनाले ज्यान गुमाएका छन् ।  योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर