काठमाडौँ, १८ असार । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री सुमन शर्मा रायमाझीले आज राजीनामा दिनुभएको छ ।
उहाँ जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य हुनुहुन्छ ।
उहाँले आज आफ्नो राजिनामा मुख्यमन्त्रीसमक्ष प्रतुत गर्नु भएको हो ।
उहाँले राजिनामामा आफ्नो पार्टीको सरकारलाई समर्थन नरहेकोले आफू प्रदेश सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको कुरा उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा जसपाका चार सांसदलाई मन्त्री बनाउनुभएको थियो ।

