सेन्जेन(चीन), ३ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको छ।
बिहीबार चीनको सेन्जेनमा आयोजित ३३औँ एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनका अवसरमा ऐतिहासिक त्रिपक्षीय वार्ता सुरु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ।
यसअघि ओरिकाका राष्ट्रपति ट्रम्प–सी, ट्रम्प–पुटिन र सी–पुटिनबिच छुट्टा छुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो।
तीन नेताबीच आणविक हतियार नियन्त्रण, इरानसँग जारी द्वन्द्व, विश्व व्यापार तथा रुस–युक्रेन युद्धलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
