जेरुसलम, ९ कात्तिक । इजरायलमा संसदीय निर्वाचन हुनु तीन दिन मात्र बाँकी रहँदा शनिबार राजधानी तेल अभिभमा हजारौं मानिसले प्रदर्शन गरेका छन्।प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको सरकारसँग सन् २०२३ अक्टोबर ७ मा भएको हमास आक्रमणसँग जोडिएका सुरक्षा त्रुटिहरूको स्वतन्त्र छानबिन गर्न माग गरेका छन्।
समाचार एजेन्सी एएफपीका अनुसार ुअक्टोबर काउन्सिलु नामक समूहद्वारा आयोजित उक्त प्रदर्शनमा चार प्रमुख विपक्षी दलका नेताहरू सहभागी थिए।
सहभागीहरूमा पूर्व सेनाप्रमुख तथा नेतान्याहूका मुख्य चुनावी प्रतिस्पर्धी गादी आइजेनकोट पनि थिए। अक्टोबर काउन्सिलमा हमास आक्रमणमा मारिएका व्यक्तिहरू तथा बन्धक बनाइएकाहरूका आफन्तहरू आबद्ध छन्।
प्रदर्शनकारीहरूले आक्रमणअघि भएका सुरक्षा त्रुटिहरूको निष्पक्ष छानबिनका लागि एक स्वतन्त्र सरकारी आयोग गठन गर्न र दोषी अधिकारीहरूलाई जवाफदेही बनाउन जोडदार माग गरेका छन्।
यसैबीच, नेतान्याहू सरकारले भने स्वतन्त्र सरकारी आयोग गठनको मागलाई अस्वीकार गर्दै आएको छ। त्यसको सट्टा, सरकारले सत्तारूढ गठबन्धन र विपक्षी दलहरूका बराबर ९आधा–आधा० प्रतिनिधि रहने गरी आयोग गठन गर्ने प्रस्ताव अघि सारेको छ।
इजरायलमा अक्टोबर २७ मा संसदीय निर्वाचन हुँदैछ। हालै गरिएका जनमत सर्वेक्षणहरूले नेतान्याहू समर्थक पक्ष र विपक्षी दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएका छन्।
