काठमाडौँ, ८ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ ।

गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो । दसैँ पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर