काठमाण्डौ , १६ असार ।  युरो कपको प्री- क्वाटरफाइनलको अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ। युक्रेनको जितसँगै क्वाटरफाइनलको समीकरण पनि पुरा भएको छ।अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणका खेल सुरु हुनेछन ।

स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक/एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

त्यसअघि घरेलु मैदान वेम्बलीमा प्रतियोगिताको उपाधिको बलियो दाबेदार मानिएको इङ्ग्ल्याण्डले तीनपटकको पूर्वविजेता जर्मनीलाई    हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो ।

पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा रहेको थियो । दोस्रो हाफको सुरुवातमा जर्मनीले केहि दबाब राखेपनि खेल अघि बढ्दै जाँदा इंग्ल्यान्ड खेलमा फर्किएको थियो ।

इंग्ल्यान्डले जर्मनीलाई सन् १९६६ को विश्वकप फाइनलपछि मेजर फुटबल प्रतियोगिताको नकआउट चरणमा हराएको यो पहिलोपटक हो । उक्त कीर्तिमान रच्न इंग्ल्यान्डले ५५ वर्ष प्रतीक्षा ग¥यो ।

 

  क्वाटरफाइनलका कुनकुन टिमको खेल कहिले?

स्पेन भर्सेस स्वीजरल्याण्ड: शुक्रवार बेलुकी पौने १० बजे

इटली भर्सेस बेल्जियम : शनिवार बिहान पौने १ बजे

चेक रिपब्लिक भर्सेस डेनमार्क: शनिवार बेलुकी पौने १० बजे

युक्रेन भर्सेस इङ्ग्ल्याण्ड: आइतवार बिहान पौने १ बजे

 


प्रतिक्रिया

सम्बन्धित खवर