काठमाडौँ, १५ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २० जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससहित मृत्यु हुनेको संख्या ९०७१ पुगेको छ ।
सोही समयावधिमा ७ हजार २५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो चौविस घण्टामा कोरोनाबाट विसेक हुनेको संख्या ४३४८ जना रहेको मन्त्रालयले जनाएको छ । यससहित विसेक हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना पुगेको मन्त्रालयले जनाएको छ ।
