काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ ।
उहाँले आज यहाँ पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको बताउनु भएको छ ।
उहाँले कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आफू सक्रिय रहनेसमेत बताउनुभएको छ ।
