काठमाडौँ, २० असोज : न्याय परिषद्को आजको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस हुनुभएका न्यायाधीशहरूमा उच्च अदालत पोखरा मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्द, उच्च अदालत पाटन चन्द्रबहादुर सारु, उच्च अदालत पाटन, हेटौँडा इजलास न्यायाधीश जनक पाण्डे र उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्ज न्यायाधीश गोकर्ण डाँगी रहनुभएको छ ।
न्यायाधीश नियुक्ति सिफारिसमा रोलक्रम मिचिएपछि परिषद् बैठकमा विधि, प्रक्रिया र समावेशी सिद्धान्त मिचिएको भन्दै परिषद्का दुई सदस्य; वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल र सदस्य महेश नेपालले कडा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका छन् ।
न्याय परिषद्का प्रवक्ता रामप्यारी सुनुवारका अनुसार परिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो ।
