काठमाडौँ, १४ असार । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट ४२ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट ज्यान जानेको संख्या ९०५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा २४४४ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्या पुष्टि भएको हो ।
अहिलेसम्म ६ लाख ३५ हजार १८८ जनालाई संक्रमण भइसकेको छ ।
यसैगरी सोही समयावधिमा ३८५३ जना संक्रमित विसेक भईसकेका छन् । योसहित विसेक हुनेको संख्या ५ लाख ८८ हजार १८७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर