काठमाडौ, १३ असोज । असोज १६ गते गरिने भनेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह दुई दिन पछि सरेर असोज १८ गते हुने भएको छ ।
देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेकाले महाधिवेशनको उद्घाटन मिति सारिएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यालयका अनुसार महाधिवेशन उद्घाटन समारोह असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुनेछ ।
